सप्तरी, जेठ १३ः ट्याक्टर पल्टेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका ६ चकुवाका स्थानीय ७५ बर्षका गुदीलाल चौधरी रहेका छन् ।
दुर्घटना भएको ट्याक्टर उनको छोरा हरि चौधरीले चलाएका थिए । दुर्घटनामा घाइते भएका गुदीलाललाई उपचारका लागि सिरहातर्फ लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हो ।