स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल पाँच दिनदेखि होम क्‍वारेन्टाइनमा

| 2020 May 26 | 01:55 pm 1788

काठमाडाैं, जेठ १३ः स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पाँच दिनदेखि होम क्‍वारेन्टाइनमा बसिरहेका छन्। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा  उपचार रहेकी एक बिरामीलाई अस्पतालमै भेट्न गएपछि मन्त्री ढकाल हाेम क्वारेन्टाइनमा रहेका हुन्  ।

मन्त्री ढकालले भेटेका बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड-१९ पोजेटिभ देखिएको थियो। उनले भेटेका ती बिरामीमा कोभिड-१९ पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकाल गत विहिबारबाट  होम क्वारेन्टाइनमा रहेको उनका प्रमुख स्वकिय सचिव समेत रहेका मन्त्रालयका उपसचिव लीलाराज पौडेलले बताए।

मन्त्री ढकाल होम क्‍वारेन्टाइनमा रहेका कारण सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि मन्त्री ढकाल अनुपस्थित थिए। मन्त्री  ढकाल विहीबारदेखि मन्त्रालय पनि आएका छैनन्।

५ दिनदेखि होम क्‍वारेन्टाइनमा बसेका मन्त्री ढकालको स्वाब मंगलबार बिहान स्वाब संकलन गरिएको छ। यसको ल्याब रिपोर्ट पनि आजै आउने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.