टिप्परकाे ठक्करबाट गम्भीर घाइते प्रहरी नायव निरिक्षकको मृत्यु

| 2020 May 26 | 12:01 pm 1823

भक्तपुर, जेठ १३ः भक्तपुरमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना प्रहरी नायव निरिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको रामपुर घर भइ हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका-४ मा कार्यरत ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगर रहेका छन् ।

गएराति बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर एक आपसमा ठोक्किँदा ड्युटीमा रहेका दाङका सई घर्तीमगर गम्भीर घाइते भएका थिए ।

उनको मंगलबार विहान नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले पुष्टि गरेको छ । प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ।

चालक सैंजुले मापसे गरेर टिपर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.