कोरोना कोषमा २ अर्ब २९ करोड जम्मा, अहिलेसम्म खर्च शुन्य

रिपोर्ट नेपाल | 2020 May 26 | 08:09 am 1425

काठमाडाैं, जेठ १३ः कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ ।

कोरोनाको जोखिम नेपालमा बढेपछि यसको नियन्त्रण एवं उपचारका लागि सरकारले सुरु गरेको कोरोना भाइरस, संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति, संस्थाबाट उक्त रकम जम्मा भएको हो ।

कोरोना संक्रमितको संख्या बढेसँगै पछिल्लो समय आधारपूत औषधि, उपकरण तथा सामाग्रीको चरम अभवा देखिँदा पनि जनस्तरबाट कोरोना उपचारका लागि जम्मा भएको यति धेरै रकम भने अझै खर्च हुन सकेको छैन ।

स्थानीय तहहरु स्रोतकै अभावका कारण व्यापक परीक्षण हुन नसकेको, स्रोतको अभावमा आवश्यकता अनुसार क्वारेन्टाइन निर्माण, उद्धार एवं उपचार सामाग्रीको अभाव झेल्नु परेको बताइरहे पनि सरकारले उपचारकै लागि खडा गरेको कोषमा जम्मा भएको रकम भने खर्च हुन नसकेको हो।  नागरिक न्युज दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.