काठमाडाैं, जेठ १२ः आज मुस्लिम धर्मावलम्बीहरूकाे मुख्य पर्वमध्येकाे एक इल उल फित्र, नेपालमा पनि मुस्लिम समुदायले विशेष नमाज पाठ गरी याे पर्व मनाउँदै छन् । यसका लागि सरकारले आज सार्वजनिक बिदा दिएकाे छ ।
एक महिने रमजान (राेजा व्रत) समापन भएको खुसीयालीमा याे पर्व मनाउने गरिन्छ । इदको अर्थ खुशी मनाउनु पनि हाे । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने गर्छन् ।
तर यस वर्ष भने विश्वव्यापी काेराेना भाइरस महामारीका बीच याे पर्व घरभित्रै सीमित भएकाे छ । सार्वजनिक स्थान (मस्जिद) मा भेला भएर प्रार्थना गर्न निषेध गरिएपछि मुस्लिम समुदायहरू घरभित्रै नमाज पाठ र प्रार्थना गरी मनाउँदै छन् ।
दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आर्शीवाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।