काठमाडौं, जेठ ११ः आइतबार बस्ने भनिएकाे मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बजेट र विदेशमा रहेका नेपालीलाई कसरी फिर्ता ल्याउने भन्नेबारे छलफल गर्न आइतबार तय भएकाे बैठक स्थगित भएको हो ।
बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको जनाईएको छ । तर किन बैठक सारियो भन्नेबारे खुलाइएको छैन ।