सर्पकाे टाेकाइबाट एक बालिकाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 May 24 | 03:03 pm 1644

दाङ, जेठ ११ः सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका ९ तेलिया निवासी धनबहादुर कुमालकी ९ बर्षिया छोरी रेश्मा कुमाल रहेकी छन् ।

आमासँगै घरको पेटीमा खेल्दै गरेकी बालिकालाई शनिबार सर्पले टोकेको थियाे । सर्पले टोकेपछि समयमै उपचार नपाउँदा बालिकाको मृत्यु भएको हो।

मृतक बालिकाका आफन्तले धामिझाँकी बोलाउन खोज्दा उपचारमा ढिलाई भएपछि निधन भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.