काठमाडाैं, जेठ ११ः जापानकी व्यवसायिक महिला कुस्ती(रेस्लर) खेलाडी हाना किमुराको मृत्यु भएको छ । २२ वर्षीया किमुरा जापानको चर्चित नेटफ्लिक्स ‘रियलिटी शो’ टेरेस हाउसको एक चर्चित पात्रको रुपमा अभिनय गरेकी छन् ।
तीनजना पुरुष र किमुरासहित तीन महिला सम्मिलित उक्त शो कोरोना भाइरस सङ्क्रमणको जोखिमकाबीच केही दिनअघि मात्रै स्थगित गरिएको थियो ।
किमुरा आबद्ध संगठन स्टारडम रेस्लिङले किमुराको निधनको पुष्टि गर्दै प्रशंसकलाई आदरपूर्वक प्रस्तुत हुन आग्रह गरेको छ । उहाँको मृत्युको कारण भने अझै स्पष्ट भइसकेको छैन् ।
मृत्यु हुनुभन्दा केही अघि मात्रै किमुराले सामाजिक सञ्जालमा आफूमाथि श्रृङ्खलाबद्ध रुपमा आक्रमण भएको उल्लेख गरेकी थिइन्। बिरालोसँगै फोटो अपलोड गरी उनले आफ्नो पछिल्लो अवस्थाबारे जानकारी गराउन सामाजिक सञ्जाल इन्स्टाग्राममा शुक्रबार साँझ ‘गुडबाई’ लेखेर पाेस्ट गरेकी थिइन् ।
शुक्रबार नै किमुराले इन्स्टाग्राममा आफू अझै मानव हुन नचाहेको र प्रशंसक धन्यवादसहित अभिवादन गरेपछि किमुराको अवस्थाबारे सोधखोज गर्न सुरु भएको थियो । किमुराकी आमा क्योको किमुरा पनि चर्चित कुस्ती खेलाडी थिइन् ।