राँगाकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 May 23 | 01:31 pm 2115

रौतहट, जेठ १०ः जिल्लाको बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बनमा राँगाकाे आक्रमणबाट एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हनेमा ४० वर्षीया रामकली पाश्वान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएकाे हाे ।

दाउरा काट्न गएकी उनलाई राँगाले आक्रमण गर्दा घटनास्थलमै उनको ज्यान गएको प्रहरीको भनाइ छ ।

उनी सँगै गएका अन्य तीजना भने भागेर बचेका छन् । सो क्षेत्रमा काठ तस्कर गर्न राँगाको प्रयोग हुने गरेकाले राँगो जंगलमा रहेको प्रहरीले अनुमान गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.