अधिकृतकाे २६ कराेड सम्पत्तिकाे स्राेत नखुलेपछि अदालतमा भ्रष्टाचार मुद्दा दायर

रिपोर्ट नेपाल | 2020 May 21 | 09:34 am 1732

काठमाडौं, जेठ ८ः खरिदारबाट जागिरमा प्रवेश गरी अधिकृतमा रिटायर्ड भएका काठमाडौंस्थित टोखा नगरपालिकाका तत्कालीन शाखा अधिकृत ऋषिराम अर्यालले जागिर अवधिमा २६ करोड ६० लाखभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएको छ । आर्जित सम्पत्तिमध्ये १७ करोडभन्दा बढी रकम अवैध ठहर भएपछि उनीविरुद्ध भ्रष्टचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति छानबिन गर्ने क्रममा उनले आर्जन गरेको २६ करोड ६० लाख ६९ हजारमध्ये १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको स्रोत खुलाउन नसकेपछि भ्रष्टाचार गरेर अकूत सम्पत्ति आर्जन गरेको खुलेको हो । अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै उनीविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले अर्याल तथा उनकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल, छोराहरू सुशील तथा सुनील अर्यालको नाममा विभिन्न स्थानमा रहेका सबै सम्पत्ति जफत गर्न विशेष अदालतसमक्ष माग गरेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.