काठमाडौं, जेठ ७ः नेपालमा बुधबार २५ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएकाे जानकारी अनुसार ३ देखि ४८ वर्षका २५ जना संक्रमित थपिएको जनाए ।
आज थपिएका संक्रमित सँगै कुल संख्या ४ सय २७ पुगेका छन् । जसमध्ये ३ सय ५८ पुरुष र ६९ जना महिला रहेका छन् ।
देवकोटाकाअनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना, कपिलवस्तुमा थप १३ जना र नवलपरासी पश्चिम सुस्ताका एक पुरुष संक्रमित भएको बताए। हालसम्म पिसिआर विधिबाट गरिएको परीक्षण ३५ हजार ४ सय ९४ र आरडीटीबाट ७५ हजार ७२ जनाको परीक्षण गरिएको डा देवकोटाले बताए।