काठमाडाैं, जेठ ७, नेपाल सरकारले बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएकाे नेपालकाे नक्सा आधिकारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको हो।
नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालले सार्वजनिक गरेकी हुन। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि माथि कसैले हस्तक्षेप गर्न नपाउने र भारतसँग कूटनीतिक तबरबाट छलफलबाट भूमि फिर्ता गर्ने बताएका थिए।
यो नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेकका साथै ७ प्रदेश, ७ सय ५३ स्थानीय तह, ७७ जिल्ला समेटिएको छ।
नक्सा सार्वजनिक कार्यक्रमलाई सम्बाेधान गर्दै मन्त्री अर्यालले यो सुनौलो अवसर पाएको पनि बताइन्। यसका साथै यसले नेपालको मान चित्र विश्वमा उँचो भएको बताइन्।
मन्त्री अर्यालले नेपाल र भारतकाे सिमाना स्पष्ट देखिने नक्सा सार्वजनिक गरेकाे बताइन्।