नेपालमा थप २७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४ सय २

रिपोर्ट नेपाल | 2020 May 19 | 04:49 pm 1463

काठमाडाैं, जेठ ६ः मंगलबार दिउँसाे नेपालमा थप २७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २  पुगेको छ ।

प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.