मुडुला बोकाहरु

रिपोर्ट नेपाल | 2020 May 19 | 10:46 am 2746

  • भेषबहादुर कुँवर (प्रयासी)

न देवता स्वीकार्छन् यिनिहरुलाई
न देवताहरु स्वीकार्छन् यिनिहरु
न कोटमा चढ्छन् न कुलमा
भोटमा चढ्दा हुन् जहा चुनावै हुन्न ।
मौलाउँछन् त्यहाँ जहाँ हुँदैन विधि विधान ।
ओत ओताइरहेछन् के के ?
बाख्री बुढीका छोरा यी मुडुला बोकाहरु ।
खुबै मासु पर्छ भन्दछन् सेताको भन्दा कालाको
कति मोटा ? वर्षैपिच्छेका गर्धनहरु ।
कति ठूला सपेटा र ह्याँकुलाहरु ।
सप्रिने यिनिहरु बन्धान भन्दा खुला ।
जंगल चहार्नेलाई के रुचोस मुठा घाँस ।
तर धेरै छाडा किन ? हे बाघका अर्निहरु ।
खुर्पालाई चोपिला हुने हे मुडुला बोकाहरु ।
जसरी छुराका देवता कुराले मान्दैनन् नि
जसरी राष्ट्र धुत्नेहरु राष्ट्रलाई दिदैनन्
थुपारेका थपारी छन् मासु मासु
पाल्नेहरु भने मात्र छन् कंकाल ।
खै गरिबी निखारिएको ?
खै मोटाएका बोका पाल्नेहरु ?
मधु कैटभका अवतार झै यी मुडुला बोकाहरु ।
साँघुरा खोरहरु काम लाग्दैनन् अब
कमसल दाना पानीमा आँखा लाग्दैनन् अब
हाम्रा नेताहरु झै मोटा बाख्राहरु
पञ्चायतकालिन झैँ मोटा प्रधानपञ्चहरु ।
अझै थप्नुपर्छ कि क्या हो ? बाली र तिरोहरु ।
अझै चुल्याउनु पर्छ कि क्या ? सिंहदरबारहरु ।
क्वै भट्टले र क्वै भत्ताले मोटाहरु
भोट खाई कुम्लिएका डाँकाहरुझैँ ।
बोट खाई सुम्लिएका यी छाडा साँडाहरु ।
महंगा दानाले थुप्रिएका मासुहरु ।
अचाल्की चुलिदै गएको देखेर होला ?
छोरी भावी र छोरा इतिहास खासखुस गर्दैछन् ।
समयले अवश्य चाँडै फाड्न्छ ।
तर कुन चाहिँ पहिले ? यी मुडुला बोकाहरु ।
(स्वर्गीय कुँवरको प्रथम बार्षिक पुण्यतीथिका अवसरमा उनैद्वारा रचित कविता)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.