स्याङ्जा, जेठ ४ः भीरबाट लडेर स्याङ्जामा शनिबार साँझ एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नम्बर ४ मोतीचौर की ६१ वर्षीया उतिसरा थापा रहेकी छन् ।
घर नजिकैको निजी खरबारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।
उनी अबेरसम्म थापा घर नआएपछि घरका परिवार खोज्न जाँदा थापा मृत अवथामा भेटिएकी थिइन्।