काठमाडाैं, जेठ २ः विश्व महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसका कारण मुलुकमा संक्रमितकाे संख्या बढ्दै गएपछि गृह मन्त्रालयद्वारा लकडाउन कडा बनाउनका लागि एक जिल्लाबाट अर्काे जिल्ला जाने सवारी पास रद्द गरेका कारण पूर्व राजा ज्ञानेन्द्र शाह झापामै रोकिएका छन् ।
लकडाउन जारी हुनुअघि नै पत्नी कोमल शाह तथा परिवारका केही सदस्यसहित दमक पुगेका पूर्व राजा शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले पास नदिएपछि त्यही रोकिएका हुन् ।
उनले काठमाडौं फर्किन सवारी पास लिएको भएपनि गृहको निर्देशनमा स्थानीय प्रशासनले रद्ध गरेको हो । उनी आज शुक्रबार काठमाडौं फर्किने तयारीमा थिए ।
अब गृहले आदेश दिए जिल्ला प्रशासन कार्यालय झापकाले विशेष पास दिएमात्र उनी तत्काल काठमाडौं आउन सक्ने सम्भावना छ । पूर्व राजा शाह दमकस्थित आफ्नो स्वामित्वमा रहेको हिमालय टी गार्डेनमा प्राय जाने आउने गर्दछन् ।