वैदेशिक रोजगारमा हुने ठगीलार्इ निर्मुल पार्ने : मन्त्री विष्ट

रिपोर्ट नेपाल | 2018 Jul 01 | 09:57 am 3245

काठमाडौ असार १७: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारका नाममा भईरहेका सबैखाले विकृति र विसंगतिलाई जरैबाट समाप्त गर्न कुनै कसुर बाँकी नराख्ने जनाएका छन।

आईतवार एक कार्यक्रममा बोल्दै मन्त्री विष्टले भदौको दोस्रो साता सम्म सातवटै प्रदेशबाट श्रम स्वीकृति दिने तयारी भएको कुरा समेत बताए । श्रमस्विकृति केन्द्रीकृत भएको र त्यसबाट श्रमिकले ज्यादै कष्ट भोग्‍नुपरेको कुरालाई प्राथमिकतामा राखेर प्रदेशबाट दिने तयारी गरिएको बताएका छन।

यसको लागि कर्मचारी व्यवस्थापनको गृहकार्य भईरहेको कुरा पनि मन्त्री विष्टले बताए ।मलेसियामा रोकिएको श्रम स्वीकृतिका बारेमा राखिएको जिज्ञासामा मन्त्री विष्टले यस विषयमा मलेसिया सरकारसँग वार्ता भईरहेको र छिटोभन्दा छिटो समाधान गरिने बताए।

उनले गाउँका सोझा जनतालाई ललाईफकाई गर्दै राम्रो बैदेशिक रोजगारीमा लगाईदिने प्रलोभनमा पार्ने दलाललाई कारवाही गरिने पनि बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.