लकडाउनमा बिपन्न परिवार बचाउन समाज सेवीको राहत

रिपोर्ट नेपाल | 2020 May 14 | 08:44 am 2287

  • महेश सिंह

सिरहा, जेठ १ः राहत अभियान्ताहरुको टोलिले बुधबार सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित रहेको बिपन्न बस्तीमा पुगेर राहत सहयाेग गरेका छन् ।

सरकारकाे सहयोग विना नै चैत १९ गतेदेखि बैशाख ३१ गतेसम्म लगातार रूपमा  दैनिक विपन्न बस्तीमा राहत दिने क्रममा बुधबार लहान नगरपालिकाको वडा नं. ८मा पुगेर वितरण गरिएकाे हाे ।

नगरपालिकाबाट राहत नपाएकाहरुलाई खोजीखोजी राहत वितरण गरिरहेका समाजसेवी तथा नेपाली कांग्रेसका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रीय सदस्य संगीता कर्मचार्यले लगातार राहत वितरण गरिरहेका छन् ।

अर्का समाजसेवी जितन यादव र ललिता यादवले समेत राहत समाग्री उपलब्ध गराउँदै आएका छन् ।

राहतमा १० किलो चामल, १ किलो दाल, १ पोका खाने तेल, १ किलो नुन, १ किलो आलु, १ किलो प्रबल, १ पाउ साेयाबिन वितरण गरेको हो। महेश चौधरी र संगीता कर्मचार्यले २६ दिनमा एक हजार भन्दा बढी परिवारलाई राहत बाँडेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.