नेपालमा थप २४ जनामा काेराेना संक्रमण, संक्रमितहुनेकाे संख्या २ सय ४३

रिपोर्ट नेपाल | 2020 May 13 | 08:46 pm 1494

काठमाडाैं, बैशाख ३१ः बुधबार साँझ नेपालमा थप २४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अनुसार रुपन्देही, पर्सा, नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भेटिएकाे जानकारी दिए।

अधिकारीका अनुसार रुपन्देहीमा भेटिएका मध्ये २२, २२, २५, २८, ३०, ३२, ३२, ३४ र ४१ वर्षीय पुरुषहरु रहेका छन् भने ४, १० र २८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ।  त्यसैगरी कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो।

त्यस्तै नवलपरासीमा पनि कोरोना संक्रमित भेटिएका छन्। त्यहाँ ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। अर्कातिर पर्सामा थप तीनजना कोरोना संक्रमित भेटिएका छन्। त्यहाँ ३६ र ७४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने ३६ वर्षीया महिलामा पनि कोरोना देखिएको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार कोरोना भेटिएका सबैजनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। यसअघि बुधबारै दिउँसो बाँके र कपिलवस्तुमा दुईजना कोरोना संक्रमित भेटिएका थिए।

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेकाे छ भने निको हुनेको संख्या ३४ पुगेको छ। बुधबार मात्र चितवनबाट आमा छोरा निको भएर डिस्चार्ज भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.