एपीएफ टोलीद्वारा अवैध लागूऔषधसहित तीन जना पक्राउ 

रिपोर्ट नेपाल | 2020 May 10 | 10:12 pm 1688

धनुषा, बैशाख २८ः जिल्लाको धनौजी गाँउपालिका ३ स्थित कटैया चोकबाट एपीएफ टोलीले  २० बोतल एक्जीप्लोन नामक लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको मिथिला नगरपालिका ६ का ३६ वर्षीय शेर सिंह तामाङ, ३६ वर्षीय सिताराम यादव र २८ वर्षीय श्रीप्रसाद महतो रहेका छन् ।

बा १३ च १२९५ नम्वरको गाडीमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहिको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.