काठमाडाैं, बैशाख २७ः नेपालमा शनिबार थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । थप हुनेमा उदयपुरमा ३ जना, पर्सामा १ जना र कपिलवस्तुमा ३ जना गरी ७ जना काेराेना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे हाे ।
उदयपुर भुल्केका संक्रमित १८, ४५ र ६५ वर्षका महिलाहरू, कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरूषहरू र पर्साका ६२ वर्षीय पुरूष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ जना पुगेको छ।
