एपीएफ टाेलीद्वारा अवैध काठ बरामद

रिपोर्ट नेपाल | 2020 May 08 | 08:49 pm 1709

सर्लाही, बैशाख २६ः जिल्लाको हरिवन नगरपालिका ७ सुकुम्वासी टोलबाट शुक्रबार एपीएफ टोली र वन कार्यालका कर्मचारीले करीव ८० हजार रुपैयाँ बराबरको १० थान गोलिया काठ बरामद गरेको छ ।

सोही ठाउँमा जमिनमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको ४० क्यूफिट काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरहराबाट खटिएको एपीएफ टोली र वन कार्यालयका कर्मचारीले बरामद गरेको हो ।

बरामद काठ सागरनाथ वन परियोजना शाखा कार्यालय धरहरामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.