चट्याङ लागेर राेल्पामा दुई जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 May 07 | 06:17 pm 2415

रोल्पा, बैशाख २५ः चट्याङ लागेर राेल्पामा दुई जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा लुङग्री गाउँपालिका-२ का ४० वर्षीय चित्रबहादुर पुन र ६३ वर्षीय भीम बहादुर पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चट्याङ लागेर उनीहरुको बिहीबार बिहान साढे ८ बजेतिर हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको बताए। रोल्पामा बिहानैदेखि हावाहुरी र पानी परेको थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.