गाैहत्या गरेकाे अभियाेगमा तीन जना पक्राउ

रिपोर्ट नेपाल | 2020 May 07 | 11:07 am 1448

रुपन्देही, बैशाख २५ः गाैहत्या गरी खाएको अभियाेगमा रुपन्देही देवदह नगरपालिका १० भलुहीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रामप्रसाद पराजुली, सुकबहादुर परियार र प्रदिप पुन रहेका छन् ।

उनीहरुलाई गाई काट्ने र खाने कार्यमा उनीहरूको संलग्नता भेटिएकाले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) भिमलाल भट्टराईले जानकारी दिए ।

स्थानीय ज्ञानबहादुर केसीले पाल्नका लागि रामप्रसाद पराजुलीलाई दिएको गाई र बाच्छी हराएपछि घटना बाहिर आएको बताइएकाे छ ।

हराएको गाई र बाच्छी खोज्दै जाँदा रोहिणी सामुदायिक वनमा खाल्डो खनेर एउटामा माउ गाई र अर्को खाडलमा बाच्छीको टाउको , खुट्टा आदि फेला परेको थियो ।

यसैगरी लुम्बिनी साँस्कृतिक नगरपालिका ११ जितवापुर गाउँको पूर्वमा रहेको पोखरीमा अन्यत्र गाई काटेर छाला र आन्द्रा पोको पारेर फालिएको अवस्थामा फेला परेको भन्दै प्रदेश सभा सदस्य फकरुद्दीन खानले अनुसन्धानको लागि प्रदेश सरकारसँग माग गरेका छन् ।

सदस्य खानले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान चलिरहेको बेला लुम्बिनीमा स्थानीयबीचको सामाजिक र धार्मिक सहिष्णुता खलल पार्ने उद्देश्यले घटना भएको हुनसक्ने भएकोले अनुसन्धान गर्न माग गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.