काठमाडाैं, बैशाख २५ः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा उनले ‘यो पुनीत अवसरमा म बुद्धका उपदेशलाई सबैले पालन गरेर देशमा शान्ति कायम होस् र भैरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सम्पूर्ण देशवासीले मुक्ति पाउन् भन्ने कामना गर्दछु,’ भनि दिएका छन् ।
दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको बताउँदै उनले नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति रहेकाे दाबी गरेका छन् । विगतका वर्षहरु अशान्ति र द्वन्द्वबाट आक्रान्त रहेको भन्दै उनले देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन नसकेको बताएका छन् ।
नेपाल लगायत विश्वका सबै देश अहिले कोरोना भाइरस (कोभिड १९) बाट पीडित छन् । लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता हो,’ सन्देशमा भनिएकाे छ, ‘उच्च मनोवलका साथ आपसी सहकार्य र एकता विना यो कार्य सम्भव छैन । यसमा हामी सबै सचेत छौं भन्ने कुरामा म विश्वस्त छु । भनि सन्देश दिएका छन् ।