पहिरोले माेटरसाइकल पुर्दा एक जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 May 06 | 11:56 am 2094

मकवानपुर, बैशाख २४ः गएराति काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै बा ४४ प ६०८५ नम्बरकाे मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुर्दा एक जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउरालीका २३ वर्षीय कृष्ण खनाल रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हाे ।

मृतक खनालको शव परीक्षणका लागि प्रहरीले हेटौँडातर्फ लगिएकाे इलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी दिएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.