लकडाउन प्रभावित बिपन्न परिवारलाई काङ्ग्रेस नेताहरूद्वारा राहत वितरण

रिपोर्ट नेपाल | 2020 May 05 | 10:29 am 1796

  • महेश सिंह

सिरहा, बैशाख २३ः नेपाल सरकारले कोरोना भाईर बाट बच्न र एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्न नदिन देश भरी लकडाउन गरेको लामो समय बितिसक्दा पनि ज्यालादारी गर्ने गरिब, असाहय, बिपन्न वर्ग, मजदुर, जेष्ठ नागरिक, एकल महिलाहरु बढी प्रभावित भएका छन् ।

साेही वर्गहरुलाई मध्ये नजर गर्दै नेपाली काङ्ग्रेसका युवा नेता तथा समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले घर-घरमा राहत लिएर पुगेका छन् ।

नगरपालिका भित्र रहेका ६० जना एकल महिला र जेष्ठ नागरिकहरु संगै काेही दैनिक ज्याला दारी गर्ने मजदुरलाई शिवम रेन्बो स्कुल, न्यु मनोकामना स्कुल, सलहेश फुलबारी स्कुल, मनकारी जितन यादव र एपोलो ॐ स्कुलको आर्थिक सहयोगमा राहत सामग्री बितरण गरेका छन् ।

एपोलो ॐ स्कुलका प्रिन्सिपल समेत रहेका महेश चौधरी र नेपाल महिला संघका केन्द्रीय सदस्य संगीता कर्माचार्यले राहत स्वरुप १० किलो चमाल, १ किलो आलू , १ किलो प्याज़, १ किलो परवल , १ किलो नून सहितको राहत सामाग्री वितरण गरेको हो ।

लकडाउन भएको पहिलो हप्ता देखि नै लहानका विपन्न वर्गहरुलाई राहत वितरण गरेका थिए । यसरी राहत वितरणमा सक्रिय रहेका  महेश र संगिता सिरहामा लकडाउनकाे समयमा जीवन यापनका लागि समस्यामा परेकाकाे साहारा बन्दै गएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.