नेपालबाट भारत जान लागेका ११ जना भारतीय प्रहरीले नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 May 04 | 02:22 pm 2140

महाेत्तरी, बैशाख २२ः विभिन्न कामका सिलसिलामा नेपाल आएका र काेराेना संक्रमण नियन्त्रणका लागि गरिएकाे लकडाउनकाे बेलामा नेपालबाट भारततर्फ जान लागेका ११ जना भारतीयलाई महोत्तरीको सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारत जान लागेका उनीहरुलाई महोत्तरीको मनरा सिस्वा नगरपालिका ९ बथनाहास्थित सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । एकाबिहानै सीमा पार गर्न लागेका उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएर काम गरिरहेकै ठाउँमा छाडिएको अधिकारीले बताए ।

नियन्त्रणमा लिइएका सबै भारतको पश्चिम बंगालका हुन् । महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित कोल्हुवा बगेयामा भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएका उनीहरुले खानपिनमा समस्या भएपछि आफ्नो गाउँ फर्किन लागेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.