घाँस काट्न जाँदा भीरबाट लडेर ओखलढुंगामा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2020 May 03 | 07:44 pm 1940

ओखलढुंगा, बैशाख २१ः घाँस काट्न जाँदा भीरबाट लडेर ओखलढुंगामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ गाउँपालिका–६ श्रीचौरकी ६१ वर्षीय धनमाया तामाङ रहेकी छन् ।

आइतबार बिहान भीरबाट लडेर गम्भीर घाइते भएकी तामाङलाई उद्धार गरेर स्थानीय पेशला पोलिक्लिनिकमा ल्याइएको र त्यहाँ उपचारका क्रममा उनकाे मृत्यु भएको स्थानीय युवा शिवकुमार कार्कीले जानकारी दिए ।

उक्त घटनाबारे प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । मृतकको शव रुम्जाटार अस्पतालबाट परीक्षणपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.