काठमाडाैं, बैशाख १८ः जनता समाजवादी पार्टीका नेता सुरेन्द्र यादव अपहरणकाे उजुरी सरकारी वकीलको कार्यालय र महानगरीय प्रहरी परिसर टेकुले लिन नमानेपछि नेता यादव राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् ।
जसपा नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री यादवले आफूलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको भन्दै दिएको निवेदन मानव अधिकार आयोगले भने बुझेको छ ।
उनले आफूलाई सत्तारुढ नेपाल कम्युष्टि पार्टी नेकपामा सांसदद्धय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसान र निवर्तमान प्रहरी महानिरीक्षक सर्बेन्द खनालविरुद्ध आयोगमा निवेदन दिएकाे बुझिएकाे छ ।