सालको गोलिया काठसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2020 Apr 30 | 09:31 am 2252

पर्सा, बैशाख १८ः जिल्लाको वीरगंज महानगरपालिका ३१ स्थित भेडियाही खोलाबाट एपीएफ टोली र सब डिभिजन वन कार्यालयका कर्मचारीले करीव एक लाख नौ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ४ पर्शुरामपुरका असलम देवान रहेका छन् ।

दुई वटा साईकलमा राखी ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३१ क्यूफिट सालको गोलिया काठसहित निज देवानलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालय सबैयाका कर्मचारीले पक्राउ गरिएको हो ।

काठ ल्याउदै गरेका अन्य व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोली देख्नासाथै उक्त काठ छाडी फरार भएका थिए ।

पक्राउ परेका निज देवानलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.