काेभिड १९ जितेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्र लाभ

| 2020 Apr 29 | 05:08 pm 2172

एजेन्सी, बैशाख १७ः काेराेना भाइरस (काेभिड १९) लाई जितेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्र लाभ भएको छ ।

कोरोनाबाट भर्खरै निको भएका बोसिसलाई पुत्र लाभ दोस्रो उपहार झै बनेको छ । उनकी मंगेतर क्यारी साइमन्डले लण्डन अस्पतालमा पुत्रलाई जन्म दिएकी छिन् । उनीहरुको बच्चा पूर्णरुपमा स्वस्थ्य रहेको अस्पतालले जनाएको छ ।

बोरिस र क्यारीका प्रवक्ताले भने ‘प्रधानमन्त्री र साइमन्डलाई बुधबार बिहान लण्डनको एक अस्पतालमा स्वस्थ्य पुत्र प्राप्त भएको जानकारी दिन पाउँदा खुसी लाग्यो । अहिले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था ठीक रहेको छ ।

प्रधानमन्त्री बोरिसमा कोरोना भाइसको संक्रमणबाट केही दिन अघि मात्र स्वस्थ्य भएका हुन् । गत अप्रिल ५ मा स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनले एकसाता अस्पतालमा बिताएका थिए । जसमध्ये तीन रात उनी आईसीयूमा बसेका थिए ।

कोरोना भाइरसबाट मुक्त भएर केही दिन अघि जोनसन टेन डाउनस्ट्रिटमा फर्किएका थिए । जुन सरकारी निवास हो । केही समय उक्त सरकारी निवासमा आराम गरी उनी सोमबार काममा फर्किएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.