काठमाडाैं, बैशाख १७ः नेपाल सरकार र भारत सरकारबीचको दुई पक्षीय छलफलपछि नेपाल सीमा रोकिएका करीव एक सय जना भारतीय नागरिक भारतमा र भारत सीमामा रोकिएका दुई सय ७० जना नेपालीहरू नेपाल फर्किएका छन् ।
त्यस्तैं, अझै पनि भारत सीमामा दुई हजार एक सय ३४ नेपाली रोकिएका छन् भने नेपालमा एकहजार दुई सय ६१ जना भारतीय रोकिएका छन् । दुई देशबीचको छलफलपछि मात्र सीमा रोकिएका नागरिकहरूलाई आ–आफ्नो मुलुकमा फर्काउन सकिने सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक प्रवीनकुमार श्रेष्ठले जानकारी दिए ।
भारतमा कोरोना महामारीको रुपमा फैलिएका कारण सीमा थप कडाईमा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता बढाउन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले निर्देशन दिएका छन् ।
प्रहरीको आँखा छल्नेलाई स्थानीयको सहयोगमा नियन्त्रण लिन सकिने दावी उनकाे रहेकाे छ । गाेरखापत्र दैनिकबाट