एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Apr 28 | 08:52 pm 2156

पश्चिम नवलपरासी, बैशाख १६ः जिल्लाको सरावल गाउँपालिका ७ भटौलिया खोलास्थित सीमा ईलाकाबाट एपीएफ टोलीले  विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ४ बस्ने डिलाबर खान पठान र अमजत खान रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा निजहरुको साथमा वीनस्पास्मो १ सय ५ वटा र अन्य नाम नखुलेको सेतो ट्याब्लेट ३३ वटा फेला परेपछि पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.