राैतहटमा थप २ जनामा काेराेना संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 Apr 28 | 04:23 pm 1571

रौतहट, बैशाख १६ः मंगलबार राैतहटमा २ जनामा कोरोना  भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको वृन्दावन नगरपालिका- ९ निवासी २५ वर्षीय  पुरुष  र देवाही गोनाही- १ का अर्का ३५ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामबाबु शाहले जानकारी दिए ।

उनका अनुसार प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका उनलाई काठमाडाैँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय गौरका निमित्त प्रमुख महेश साहका अनुसार देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । अब दुवै संक्रमितको कन्ट्याक ट्रेसिङ्ग गरिने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.