नेपाल संस्कृत विश्वविद्यालयले अनलाईन प्रविधी मार्फत पठनपाठन सुरु

| 2020 Apr 27 | 02:16 pm 1580

काठमाडाैं, बैशाख १५ः नेपाल संस्कृत विश्वविद्यालयले शैक्षिक क्यालेन्डर नबिग्रने गरी विद्यार्थीको पठनपाठन अनलाईन प्रविधी मार्फत सुरु गरेको छ ।

देशव्यापी लकडाउन सुरु भएसंगै नेपाल संस्कृत विश्वविद्यालयको सम्पूर्ण पठन पाठन र परीक्षाहरु स्थगित भएका छन् । विद्यार्थीको पाठन पाठनलाई जारी राख्ने उद्देश्यले विश्वविद्यालयका केही संकायले अनलाईन प्रविधीको उपयोग गर्न थालेका छन् ।

जस अन्तरगत आयुर्वेद चिकित्सकतर्फ बिए.एम.एस.अनुसन्धान तर्फको पि.एच.डी. र शास्त्री तहको कक्षा अनलाईन प्रविधीमार्फत संचालन गरिदैछन् । अन्य संकायले  पनि अनलाईन प्रविधी मार्फत शिक्षण गर्न आवश्यक पर्ने निति बनाउँने तयारी थालेको विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक रमेशप्रसाद ढकालले बताए।

विश्वविद्यालयले अनलाईन प्रणाली मार्फत शिक्षण गर्न आवश्यक पर्ने सम्पूर्ण उपकरण समेत तयारी अवस्थामा राखेको छ । यस्तै विश्वविद्यालयले लकडाउन खुलेको एक सातापछि परीक्षाको तालिका सार्वजनिक गर्ने उपकुलपति ढकालको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.