चितवन, बैशाख १५ः नारायणगढस्थित रहेकाे प्रभु बैंककाे शाखामा साेमबार आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको बताए ।
उक्त आगो बिहान ११ः २० बजे लागेको र ११ः४५ बजे नियन्त्रणमा लिइएको बताइएकाे छ । आगलागीबाट बैंकमा भएकाे क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।