जंगली जनावर मारेको अभियाेगमा दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Apr 26 | 05:37 pm 2028

सिन्धुपाल्चोक, बैशाख १४:  जंगली जनावर मारेको अभियाेगमा दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका –२ का हिराबहादुर गुरुङ र टपिन्द्रबहादुर गुरुङ रहेका छन् ।

उनीहरूलाई जंगली जनावर मारेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

जंगली जनावर मृग जस्तो देखिने मासुसहित दुई जना प्रक्राउ गरिएको काफ्लेले जानकारी दिए। घरेलु हतियार प्रयोग गरी जंगली जनावर मारेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकले जानकारी दिएको छ।

गुरुङको भान्सामा मृग जस्तै जंगली जनावरको मासु पेरुङ्गो र दुई नाल भरुवा बन्दुकसमेत फेला परेको प्रहरीले जानकारी दिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.