वीरगञ्‍जमा थप दुईजनामा कोरोना भाइरस संक्रमण भएकाे पुष्टि

रिपोर्ट नेपाल | 2020 Apr 26 | 01:43 pm 1842

काठमाडौं, बैशाख १४: आइतवार वीरगञ्‍जमा थप दुईजनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्‍जका दुईजनामा आइतवार कोरोना पुष्टि भएको हो।

आइतबार थप भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार दुवैजना वीरगञ्‍ज निवासी ५० वर्षीय पुरुष रहेकाे जानकारी दिए ।

उनीहरुकाे हाल वीरगञ्‍जस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अधिकारीले बताए। उनका अनुसार कोरोना संक्रमित दुवैको अवस्था सामान्य रहेको जनाइएकाे छ।

यसैबीच वीरगञ्‍जकै कोरोना विशेष अस्पतालमा उपचाररत चारजना आजै डिस्चार्ज हुँदैछन्। डिस्चार्ज हुनेमा तीनजना भारतीय जमाती हुन् भने एकजना नेपाली युवक रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.