जेठ २ सम्म हवाई उडान बन्द हुने

| 2020 Apr 25 | 03:19 pm 2586

काठमाडौं, बैशाख १३ः कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित नै राख्ने निर्णय गरेको छ ।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाउने निर्णय गरिएको थियो ।

आज शनिबार सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमणका विषयमा भएका कामको समीक्षा गरेको सचिव नारायण विडारीले जानकारी दिए ।

बैठकले अहिलेसम्म नियन्त्रणमा सफल नै रहेको निष्कर्ष निकालेको छ । त्यस्तै बैठकमा ३३ दिनसम्मको लकडाउनको समिक्षा पनि भएको छ ।

सचिव विडारीले कति दिन थप्ने या नथप्ने भन्ने तय मन्त्रिपरिषद बैठकले गर्ने जानकारी दिए ।

बैठकले अहिलेसम्म अत्यावश्यक बस्तुको आपूर्ति सहज रुपमा भइरहेको ठहर गरेको सचवि बिडारीले बताए ।

त्यस्तै बैठकले कोरोना नियन्त्रण र रोकथाम तथा उपचारका लागि भएका प्रयासलाई थप शसक्त ढंगले अघि बढाउने निर्णय पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.