डोम समुदायले राहत पाएपछि गाउँमै सरकार आएको अनुभुती

रिपोर्ट नेपाल | 2020 Apr 25 | 09:50 am 2548

महेश सिंह लहान, बैशाख १३ः  सिरहाको नवराजपुर गाउँपालिकामा शुक्रबार राहत वितरण गरिएको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिविकोपार्जन गरिरहेका डोम समुदायहरु दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई सो गाउँपालिकाका एक संस्थाले राहत वितरण गरेको हो ।

संस्थाको विशेष पहलमा १५ जना मनकारी युवाहरूको एक समुहले चन्दा संकलन गरी राहत सामग्री खरिद गरेको आयोजक नव जागरण युवा समाज नवराजपुरका अध्यक्ष राजिव यादवले जानकारी दिए ।

गाउँपालिका अन्तर्गत वडा नम्बर ३ का १३ घरधुरी, वडा नम्बर ५ का ५ घर र वडा नम्बर १ का ३ घर गरिजम्मा २१ घरधुरी डोम बस्तीमा राहत बाडेको हो।

शिक्षक राम औतार मण्डल, शिवदेव साह, अमोद यादव, समाजसेवी बजेन्द्र प्रसाद यादव,आशादेवी साह लगायतका १५ जना दाताहरुवाट चन्दा संकलन गरी करिब २५ हजार बराबरको राहत सामग्री खरिद गरिएको थियो ।

स्थानीय युवाहरुले सामाजिक दुरी कायम गरी राहत बितरण गरिएकाे जनाईएको छ । प्रति परिवार १० किलो चामल, १ किलाे दाल, १ लिटर तेल, ३ किलो आलु, आधा किलो स्वयाविन, १ किलो नुन, नुहाउने साबुन २ पिस बाडेको संस्थाका सचीव उमेश कुमार यादवले जानकारी दिए ।

उक्त राहत सामग्री बुझदै एक जना बिपन्न नगेन्द्र मल्लिकले भने- लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएको थियो, यो राहतले धेरै खुसी छु । राहत पाउने अर्कि बिपन्न मुन्नादेवि मल्लिकले राहत वितरण गर्ने टिमलाई धन्यवाद दिईन ।

यस्तो संकटकाे घडीमा आउँदा दिनहरुमा समस्यालाई मध्यनजर गरी नव जागरण युवा समाजले सहयोग गर्ने समाजसेवी शिवदेव शाहले बताए । शाहको विशेष पहलमा डाेम समुदायलाई राहत वितरण भएको संस्थाको अध्यक्ष यादवले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.