भक्तपुर, बैशाख ११ः बिहीबार साँझ मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका –५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठ रहेका छन् ।
बा ३९ प ५७४१ नं को मोटरसाइकल भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खान गई दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको परिसरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
दर्घटनामा परी गम्भीर घाईते भएका उनकाे मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हाे ।
उक्त घटनाको थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।