ग्राण्डीको छतमा हेलिकोप्टर पल्टियो

| 2018 Jun 30 | 04:22 pm 3698

काठमाडौं, असार १६: ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ ।

विरामी लिएर आउने हेलिकोप्टर ल्याण्ड गर्न अस्पतालको छतमा हेलिप्याड बनाइएको छ । तर, शनिबार अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ ।

हेलिप्याडको छेउमा अवतरण गर्दा हेलिकोप्टर पल्टिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.