काठमाडौं, बैशाख १०: नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएसँगै संख्या ४५ पुगेको छ। बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीन जना कोरोनाका बिरामी पाइएकाे हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा विकास देवकोटाले बुधबार नियमित प्रेस सम्मेलन मार्फत जानकारी दिएकाे हाे । ‘
काेराेनाे संक्रमण पुष्टि हुनेमा २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुष रहेका छन् । उनले भने, यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ।
संक्रमित हुने सबै उदयपुरको भुल्केकै रहेको बताइएको छ। यससँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ। ४५ कोरोना संक्रमितमध्ये अहिलेसम्म ७ जना निको भएर घर फर्किएका छन्।
पछिल्लो पटक धनगढीको सेती अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट दुईजना बिरामी बुधबार डिस्चार्ज भएका छन्।