कञ्चनपुर, बैशाख ८ः जिल्लाकाे दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका ३ बाट ब्राउन सुगरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका- १ का २३ वर्षीय दीपक चाैधरी र साेही ठाउँका २५ वर्षीय वीरेन्द्र चाैधरी रहेका छन् ।
सशस्त्र प्रहरी झिलिमिलाबाट खटिएको गस्ती टोलीले १ ग्राम ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र भण्डारीले जानकारी दिए ।
उनीहरुलाई माेटरसाइकलसहित पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।
थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाइने बेलडाँडी प्रहरीले जनाएकाे छ ।