भारतकाे क्वारेन्टाइनमा किरिया बसेका एक जनालाई नेपाल ल्याइयाे

रिपोर्ट नेपाल | 2020 Apr 19 | 04:24 pm 2528

गोकुलेश्वर, बैशाख ७ः भारतको बलुवाकोटस्थित क्वारेन्टाइनमै किरिया बसेका दार्चुलाको एक जनालाई नेपाल ल्याइएकाे छ । जिल्लाकाे शैल्यशिखर नगरपालिका – १ जोग्यौडाका बाशुदेव भट्टलाई नेपाल ल्याइएको हाे।

क्वारेन्टाइनमा बसिरहेका बेला गत हप्ताको मङ्गलबार घरमा आमाको निधन भएपछी उनी भारतको क्वारेन्टाइनमै आमाको किरिया बसेका थिए।

बिहीवार गृह मन्त्रालयले आमाको मृत्युसंस्कारका लागि नेपाल ल्याउन भारतीय समकक्षी सङ्ग पहल गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो।

सोही अनुरूप आइतबार उनलाई दत्तुस्थित सिमामा रहेको पुल खोलेर नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.