खाद्यान्न बाेक्न पास लिएकाे ट्रकले मदिरा बाेकेपछि…

| 2020 Apr 18 | 07:16 pm 1954

बैतडी, बैशाख ६ः जिल्लाको मेलौली नगरपालिकामा मदिरा ओसारपसार गर्न प्रयाेग गरेकाे अवस्थामा मदिरासहित एक ट्रक प्रहरीले नियन्त्रणमा लिइएको छ ।

से १ ख १५४९ नम्बरको ट्रकलाइ धनगढीबाट बैतडीको मेलौली तर्फ जादै गर्दा ४३ पेटी मदिरासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएकाे  हाे ।

खाद्यान्न बाेक्ने उक्त ट्रकमा चामलको बोरामुनि मदिरा लुकाएर ल्याएको अवस्थामा  नियन्त्रणमा लिइएको बताइएकाे छ ।

बैशाख ४ गते देखि ८ गते सम्मका लागि खाद्यान्न ढुवानीको लागि भन्दै प्रसासनबाट लिएको पासको दुरुपयोग गरी मदिरा ओसारपसार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.