माइत हिँडेकी एक महिला बाटाेमै मृत फेला

रिपोर्ट नेपाल | 2020 Apr 17 | 08:31 am 1777

सल्यान, बैशाख ५ : घरबाट माइत हिँडेकी एक महिला बाटाेमै मृत फेला परेकी छन् । फेला पर्नेमा छत्रेश्वरी गाउँपालिका–७ पानीखोलाकी २० वर्षीया सुशीला बुढाथोकी रहेकी छन्।

गत मंगलबार दिउँसो घरबाट माइत जान्छु भनेर हिँडेकी उनी बिहीबार रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएकाे छ।

उनी माइत नपुगेपछि स्थानीय र आफन्तले खोजी गर्दा माइती गाउँ नजिकैको जंगलमा मृत फेला परेको प्रहरीले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.