नक्कली बिरामी बाेक्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

| 2020 Apr 15 | 03:50 pm 1805

पाल्पा, बैशाख ३ः नक्कली बिरामी बनेर यात्रा गर्ने ८ जना यात्रुसहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । पाल्पामा यसको फाइदा उठाउँदै एक एम्बुलेन्स चालकले नक्कली बिरामी बनाई केही मानिसहरुको ओसारपसार गरेको खुलेको हाे ।

पाल्पाको प्रभासदेखि बाग्लुङ्गको खर्बाङ्गतर्फ जान लागेको डम्बरबहादुर सुनारले चलाएको लु २ च १४८० नम्बरको एम्बुलेन्सलाई पाल्पाको हुलाङ्गदी चोकमा प्रहरीले रोकी चेकजाँचको क्रममा नक्कली बिरामी बोकेको भेटिएपछि एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएकाे छ ।

निस्दी बोडीगार्ड सामुदायिक विकास केन्द्र गुल्मीद्वारा सञ्चालित एम्बुलेन्सले बिरामीको बहानामा ८ जना यात्रु बोकेको हुदाँ प्रहरीले सवारी साधन अनुमति कार्यविधि २०७६ विपरीत एम्बुलेन्स चलाएकाले चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीले पछिल्लो समय अनुमति बिना अन्य सवारी साधनमात्र नभइ एम्बुलेन्सहरु पनि यात्रु बोकेर हिडेको भन्दै चेकजाँच र अनुसन्धानलाई तीव्र बनाएको छ । पाल्पामा अहिले सम्म लकडाउन उल्लघंन गरि सवारी सञ्चालन गर्ने २ सय ३५ निजी तथा सार्वजनिक सवारीलाई समेत नियन्त्रणमा लिई कारबाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा लकडाउनलाई प्रभावकारी बनाउनका लागि प्रहरीले अनावश्यक सवारी चलाउनेलाई कडाइ तथा कारबाही गर्दै आएको पाल्पाका एसपी दीपेन्द्र जिसीले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.