पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Apr 10 | 04:09 pm 2184

कञ्चनपुर, चैत २८ः शुक्रबार पिङ खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पुनर्वास नगरपालिका वडा नम्बर ९ का कृष्ण बहादुर सुनारका १० वर्षीय छोरा रोशन सुनार रहेका छन् ।

बालकको पिङ खेल्ने क्रममा डोरी बटारिएर  ज्यान गएको हुनसक्ने इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक वकिल बहादुर सिंले जानकारी दिए । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

मृतक बालकका आमा बुबा कामको सिलसिलामा भारतको मद्रासमा रहेका परिवार श्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.